
असोज २४ गते । कर्णाली प्रदेश सभा सदस्य ठम्मर बिष्टलाई शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको बताउनुभएको छ ।
आफनो निर्वाचन क्षेत्रमा रहेको भेरी माबी गुर्भाकोट १० घुमखहरेमा उहाकै पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त ३ बर्से बाली बिज्ञान कक्षा सन्चालनको जानकारी दिन आज बिद्यालयमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै बिष्टले यस्तो बताउनुभएको हो ।
उहाले अब प्राविधिक धारको पढाइका लागि चितवन र काठमाडौ जानू नपर्ने बताउनुभयो । साथै उहाले कक्षा शुरु भएपछी बिधालयको भवन र बजेट भौतिक पुर्वाधारमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
खासगरी निर्वाचन छेत्र गुर्भाकोट नगरपालिका र सिम्ता गापाका बिधार्थिलाई विशेष प्राथामिकतामा राख्ने उनले वचन दिएका छन । आफ्नै घर नजिकै प्राविधिक शिक्षा लिन पाउनु सान्दर्भिक भएको उहाले बताउनुभयो ।
उहाले आगामी दिनमा बिएसी एजि पनि सन्चालन गर्ने पहल गर्ने बताउनुभयो । यहाँका बिधार्थिको प्राविधिक शिक्षा लिने बर्ष देखिको चाहना पूरा भएको उहाको भनाइ छ ।
कार्यक्रममा गुर्भाकोट नगर उपप्रमुख मैना बिकले प्राबिधिक धारको शिक्षाले यहाको दक्ष जनशक्ति उत्पादन सङ्गौ यहाँको शिक्षामा आमूल परिवर्तन हुने बताउनुभयो ।
उहाले नगरपालिकाको पनि साथ सहयोग हुने बताउनुभयो । बिधालयका प्रधानध्यापक चन्द्र ओलिले आफ्नो बिधालयमा प्राबिधिक शिक्षा शुरु हुनु गौरबको कुरा भएको भन्दै यसले यश छेत्रका बिधानर्थिको समपना साकार भएको बताउनुभयो ।
Discussion about this post