काठमाडौ असोज २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीको अनुहार हेरेर कारबाही नगर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
६४औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बोल्दै उनले अपराधिक गतिविधिमा संलग्न जुनसुकै पद र शक्तिमा भएपनि अपराधिलाई क्षमा दिन नहुने बताएका हुन् ।
नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न थालेको अभियानको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समाजसँग सहकार्य गर्ने प्रहरीको अभियानले समृद्ध नेपालको पथमा डोर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन ।
Discussion about this post