काठमाडौं असार १७ गते ।
आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उहाँका अनुसार आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान भने छ ।अहिले वाग्मती, गण्डकी र मधेस प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।अस्तिदेखि लगातारजसो परेको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । जोखिममा रहेका ठाउँका बासिन्दालाई सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ ।
Discussion about this post