काठमाडौं असार २१ गते ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबार प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गरेको थियो । (एमाले)को अवरोधपछि आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ ।
Discussion about this post