बाँके असार २६ गते ।
बाँकेमा पहिलोपटक लागूपदार्थ सेवन (लापसे) जाँच शुरु गरिएको छ ।
सवारी साधन चलाएका व्यक्तिले लागूपदार्थ सेवन गरे नगरेको जाँच गर्न थालिएको हो ।
मादक पदार्थ सेवन (मापसे) जाँच गरे जस्तै लापसे जाँच पनि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना र अपराध बढेको भन्दै बाँके प्रहरीले लापसे जाँच शुरु गरेको हो । लापसे गरेको पाइएसंगै कारवाहीसंगै काउन्सिलिंग गर्ने प्रबक्ता डाँगीले बताउनुभयो ।
“लागूऔषध न्यूनीकरण तथा सवारी दुर्घटना रोकथाम” अभियान अन्तरगत लागूपादर्थ सेवन सम्बन्धि किटको प्रयोग गरी सवारी चालकहरुले लागूपादर्थ सेवन गरे नगरेको परीक्षण गरिनेछ ।
Discussion about this post