कैलाली असार २७ गते ।
कैलालीको टीकापुरमा नेकपा एमालेका २ नेतामाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।
शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Discussion about this post