काठमाडौं असार २९ गते ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते) देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । आजदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गरेका थिए ।
मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अजय विक्रम शाह हुने भएका छन् । हाल उनी लक्ष्मी बैंकको सीईओ छन् ।
Discussion about this post