धनगढी साउन १९ गते ।
कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेकी छन् ।
उनी बिहीबार साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव भेटिएको छ तर उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Discussion about this post