सल्यान असोज २८ गते । सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनिहरुका आमाबुबा र पण्डितलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।
आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्थानिय सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागि विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाहमा लागेका उनिहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो ।
बालविवाहको कार्यमा संलग्नको नाम गोप्य राखिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post