बाँके असोज २९ गते । ईलाका प्रहरी कार्यालय कोहलपुरले बाँके राष्ट्रिय निकुञ्जले खुलाएको टेण्डर च्यात्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
बुधबार मध्यान्न करिव १२ बजेतिर निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको हो ।
बुधबार टेण्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समुहले दर्ता गर्न लागिएका टेण्डर च्यातेपछि विवाद भई टेण्डर प्रकृया नै रोकिएको निकुञ्जले जनाएको छ ।
५० लाखको दुई वटा पोष्ट भवन र १९ लाखको पर्खाल निर्माणका लागि टेण्डर खुलाईएकोमा ८ वटा टेण्डर दर्ता भए पनि अन्य टेण्डर च्यातिएपछि परेका सबै टेण्डर बदर गरी नियमानुसार गरिने बाँके राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।
निकुञ्ज कार्यालयले तोक लगाएका २ वटा र अन्य केही टेण्डर च्यातेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनले टेण्डर फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका ७ जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर ल्याईएको बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post