कैलाली भदौ १४ गते ।
कैलालीमा हतियारसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ का अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लम्कीको गस्ती टोलिले उनीहरूलाई गएराति लम्कीचुहा नगरपालिका वडा नम्बर १ भरुवाबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १, सोको म्यागेजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय लम्कीमा राखी थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख कान्तिराज जोशीले जानकारी दिए ।
Discussion about this post