दाङ भदौ २२ गते ।
करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
Discussion about this post