बर्दिया भदौ २३ गते ।
बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।
शुक्रबार सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post