कञ्चनपुर भदौ २४ गते ।
कञ्चनपुरमा ४७ ग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २६ वर्षीय हिक्मत हमाल रहेका छन् । उनलाई संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४७ दशमल ८५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका–९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
Discussion about this post