मुम्बई कार्तिक १ गते । बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।
बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।
बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।
जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post