काठमाडौं भदौ ३१ गते ।
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज बिहान सातवटै प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
Discussion about this post