काठमाडौं असोज ८ गते ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थनमा हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, वाग्मती र मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
सोमबार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले जनाएको छ ।
Discussion about this post