बाँके असोज ८ गते ।
बाँकेका ६ वटा पालिकामा आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।
स्थानीय तहले तोकेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १२ वर्षदेखि माथीका नागरिकहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोपको पहिलो, दोस्रो, बुस्टरको पहिलो र दोस्रो मात्रा सबै प्रदान गरिनेछ ।
खोप लिनुपर्ने १२ वर्ष माथिका सबै नागरिकहरुले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सस्थाहरुमा गई सेवा लिन स्वास्थ्य कार्यालयले अनुरोध पनि गरेको छ । पर्सि तीन दिनसम्म खोप लगाइने पनि उहाँले जानकारी दिनुभयो ।
Discussion about this post