दाङ असोज १० गते ।
दाङमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका विकलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post