बाँके असोज १४ गते ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले धार्मिक सद्भाव कायम राख्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर के.सीले सूचना जारी गरि कानून विपरितका कुनै पनि गतिविधी नगर्न आग्रह गर्नुभएको छ ।
कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक संजालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानून विपरितका कुनै पनि गतिविधी नगर्नु नगराउनु हुन जिल्लाबासी सबैमा सूचित गरिन्छझ सूचनामा भनिएको छ ।
कोही कसैबाट कानून विपरितका यस्ता गतिविधी भएको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा चेतावनी दिनुभएको छ ।
Discussion about this post