काठमाडौं असोज २१ गते ।
यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।
गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट (असोज २९) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ ।
‘नयाँ नोट सटही सुविधाबारे निर्णय भइसकेको छ, यसबारे आज निर्णय सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘यस वर्ष पनि विगतका वर्षमा जस्तै राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिइन्छ ।’
१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।
Discussion about this post