काठमाडौं असोज २६ गते ।
परराष्ट्रमन्त्री एनपी साउदले कानुनी प्रक्रिया पूरा भएपछि मात्र इजरायलबाट शव ल्याउन सकिने बताएका छन् ।
इजरायलबाट नेपाली विद्यार्थी ल्याएर बिहीबार राति त्रिभुवन विमानस्थलमा अवतरण गरेका मन्त्री साउदले इजरायले शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए ।
अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ, साउदले भने । असोज २० गते हमास समूहको आक्रमणमा परेर १० नेपालीले ज्यान गुमाएका थिए ।
Discussion about this post