दाङ कार्तिक २ गते । दाङमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । तुलसीपुर उपमहानगर पालिका – १० पड्ढा का ४७ वर्षिय टिकाराम भण्डारीको करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा उनलाई शनिवार विहान करेन्ट लागेको प्रहरीको भनाई छ । करेन्ट लागेर गम्भिर घाईते भएका भण्डारीको राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post