बाँके कात्तिक १० गते ।
धान थ्रेसिङका लागि सडक छेउमा रोकी राखेको ट्याक्टरमा थोकिएर विहीवार राती बाँकेमा एक जनाको मृत्यू भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २० एयरपोर्ट जाने सडक छेउमा धान थ्रेसिङ गर्न रोकी राखेको ट्याक्टरमा ठोकिएर नेपालगन्ज उपमहानगरपालिका ८, त्रिभुवन चोकका विनोकुमार बाल्मिकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार धान थ्रेसिङ गर्न ट्याक्टरमा जडान गरिएको थ्रेसर मेसिनमा बाल्मिकी सवार भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।
थ्रेसर मेसिनमा मोटरसाइकल ठोकिएर सख्न घाइते भएका बाल्मिकीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
थ्रेसर जडान भएको भे १ त ३२३० नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post