जाजरकोट कात्तिक १९ गते ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि पनि निरन्तर भूकम्पको धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । निरन्तरको धक्काले स्थानीयवासी त्रासमा छन् ।
घरहरू भत्किएका र चर्किएका छन् । शनिबार कतिपय स्थानीय सडकमै सुतेका देखिएको छ । जाजरकोटको भेरी नगरपालिका–३, थाप्लेका सर्वसाधारण भूकम्पको त्रासले सडकमा सुत्दै गरेको राससका पत्रकार हेमन्त केसीले खिचेको तस्बिरमा देखिन्छ ।
राससकै अर्का पत्रकार सुरेश आचार्यले खिचेको तस्बिरमा भूकम्पको डरले जाजरकोट सदरमुकाम खलंगा बजारमा सडकमै बसेका स्थानीय देखिन्छ ।
Discussion about this post