बाँके कात्तिक २८ गते ।
विविध जातजातिको बसोबास रहेको नेपालगन्जमा विविध थरिका खानाका परिकार पनि पाइन्छ । व्रियानी, रावडी, घमन्जा, चटपटे, पानी पुरी, दहीबरा, समोसा, परोठा यहाँको मुख्य परिकार हो ।
भारतसँग सीमा जोडिएकोले नेपालगन्जमा विभिन्न थरिका मिठाई तथा मिठाईजन्य बस्तु पनि प्रख्यात छन् । विशेषगरि दसैँ, तिहार, बाबुको मुख हेर्ने, आमाको मुख हेर्ने दिन लगायतका पर्वमा मिठाई तथा मिठाईजन्य बस्तुको बजार लाग्ने गर्दछ ।
तिहारको अवसरमा त्रिभुवन चोक, धम्बोझी चोक, सदरलाइन, न्युरोड, घरवारी टोल, बागेश्वरी मन्दिर क्षेत्रमा मिठाई बजार खुलेका छन् । हरेक वर्षभन्दा यस वर्षको तिहारमा मिठाईका पसल धेरै देखिएको सर्वसाधारण बताउँछन् ।
Discussion about this post