बाँके मंसिर २ गते ।
नेपालगन्ज उप महानगरपालिका वडा न १ र १८ का युवाहरुको समूहले पुनः दोस्रो कार्यकालका लागि संचारकर्मी ओबिराज आचार्यलाई चयन गरेको छ ।
समाजसेवालाइ प्रमुख प्राथमिकता राखेको संस्थाले हाल सम्म सामाजिक सेवाका विभिन्न कार्यक्रम गरि सकेको छ । २ वटा वडाका युवाहरूले मुलत सामाजिक कार्य गर्ने उद्देश्यले २०७८ सालमा टीम बाइपासको स्थापना गरेका हुन । सस्थाले हाल सम्म आफ्ना वडाहरुमा बिपन्न स्थानका मानिसहरु तथा अन्यका लागि आफ्नो घर नभएका बहालमा बस्नेहरुका लागि समेत कृया बस्ने घर र सम्पुर्ण लाग्ने खर्चको ब्येबस्था समेत गर्दै आयेको छ ।
संस्थाले सरसफाइ लगायतका कार्यमा स्थानीय सरकार सङ्ग सहकार्य गर्दै आयेको छ ।
नब निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष नेत्र ग्यवाली, सचिब सुनिल घिमिरे कोसाध्य्च्य निल बहादुर ओलि सदस्यहरु हेमन्त अधिकारी लक्ष्मन पन्थी सुनिल उपाध्याय रहनु भयेको छ ।
Discussion about this post