बाँके मंसिर ११ गते ।
प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको छ ।
नेपालगञ्ज–१० स्थित गणेशमान चोकबाट सोमबार भारतबाट भन्सार छली ल्याइएको ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त भन्सार छली गरि ल्याइएको सामानको मूल्य ८० हजार रुपैयाँ बराबर रहेको छ ।
बरामद गरिएको अवैध भन्सार छलीको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post