बाँके मंसिर २१ गते ।
भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलिले भारतबाट नेपाल भित्र्याइएका ती राँगा डुडुवा गाउँपालिका–६ मुन्सिपुरवाबाट पक्राउ गरेको हो । तस्करहरु भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।
त्यहाँबाट सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरुले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका राँगाको मूल्य १ लाख ४० हजार बराबर रहेको प्रहरीले बताएको छ । उक्त राँगा थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय हिरमिनियामा राखेको प्रहरीले जनाएको छ ।
Discussion about this post