बाँके मंसिर २८ गते ।
बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का ३८ वर्षीय गुड्डु कसगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कसगरलाई लेनदेन मुद्दामा जिल्ला अदालतले गएको असोज १९ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाए तोकेको थियो । अदालतको आदेशपछि कसगर फरार थिए । पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post