काठमाडौं पुस २ गते ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
Discussion about this post