बाँके पुस ५ गते ।
स्वर्गीय प्रहरी जवान विशाल ओलीको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक सहयोग गरेका छन् । मंसिर २८ गते राती कोहलपुर नगरपालिकास्थित मदन चोकमा सवारीसाधनको ठक्करबाट ओलीको निधन भएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट मदन चोक प्रहरी विटमा ओली खटिएका थिए । रातिको डिउटीमा खटिएको समयमा पुर्व पश्चिमराजमार्ग सडक खण्डको मदन चोकमा सवारी साधनले ठक्कर दिई प्रहरी जवान ओलीको निधन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा हवल्दार र जवानहरुले दुई लाख सन्ताउन्न हजार नौ सय अठासी रुपैया रकम संकलन गरि स्वर्गीय ओलीको परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी डाँगी र इलाका प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारी स्वर्गीय ओलीको घर रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ छिवाङ् गई विहीबार आस्रित परिवारलाई उक्त सहयोग रकम बुझाएको हो ।
Discussion about this post