बाँके पुस १३ गते ।
कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी विद्यार्थी खेलाएपछि एभरेस्ट मावि कारवाहीमा परेको छ ।
संस्थागत विद्यालयको संगठन प्याब्सनमा आवद्व एभरेस्ट माविले छात्रा भलिबलमा फर्जी विद्यार्थी खेलाएपछि ३० हजार जरिवाना सहित कारवाहीमा परेको आयोजकले जनाएको छ ।
भलिबलको पहिलो खेलमा ग्रिन पिस माविलाई पराजित गर्दै विजय भएको एभरेस्ट माविले पुन ब्राईटलाईटसंग क्वाटर फाईनको लागि खेलमा समेत जित हासिल गरेको थियो । उत्त खेलमा फर्जी खेलाडी खेलाईएको पाईएपछि कार्वाही गरीएको खेल संयोजक चन्द्र गुरूङले जानकारी दिए ।
Discussion about this post