बाँके पुस १३ गते ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१० का ५२ वर्षीय चर्तुभुज शाहलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
शाहलाई २०७८ साल भदौ २३ गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो । र, ७ दिन कैद तथा ८ लाख जरिवाना तोकेको थियो । कैद तथा जरिवाना भुक्तानी नगरी शाह फरार हुँदै आएका थिए ।
इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनलाई थप कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
Discussion about this post