सरला सुवेदी
बाँके पुस १७ गते ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा महिलाहरूले सञ्चालन गरेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाले करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको छ ।‘सहकारीको दिगोपन स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले सोमबार १३औं साधारणसभाबाट आफ्नो करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको सहकारीका अध्यक्ष जानकी पुनले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो।
बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका सभापति तथा सहकारी संस्थाका अध्यक्ष जानकी पुनले आगामी वर्षका योजना तथा रणनिति तयार गरी गत आर्थिक वर्षमा करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ सहकरीले नाफा गरेको बताउनुभयो।
उहाँका अनुसार कर्णाली विकास बैंक, राष्ट्रिय सहकारी बैक, साना किसान बैंक र जिल्ला सहकारी संघमा कुल ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफा रहेको प्रतिवेदनमा उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था महादेवपुरीले २०६६ साल बैशाख देखि साना किसान अनुशरण कार्यबाट कोहलपुरमा सुरुवात भएको हो । करिब १ हजार १ सय ६६ जना शेयर सदस्य रहेको सहकारीका २ सय ८ समूहहरु रहेका छन् ।
सहकारीका अध्यक्ष पुनले आर्थिक वर्ष २०७९÷०८० मा गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गर्नुभएको थियो । जसमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिने तालिम (३९ जना), अन्तर समूह वित्तिय साक्षरता तालिम (८ सय ४० जना), नेतृत्व विकास तालिम (११ जना), संस्थाको भवन निर्माण, वित्तिय साक्षरता तथा पोष्ट हार्भेष्ट तालिम(१ सय १८ जना), बैंकको अनुदान संस्थाको लगानी र स्वयम् सदस्यहरुको लगानी बोयर बोका वितरण, गैर सदस्य वित्तिय साक्षरता तालिम (३९ जना) लगायत अन्य ९ वटा बुँदागत रुपमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आ.व. २०८० असार मसान्तसम्म कुल १३ करोड ७० लाख २५ हजार ३ सय ७० रुपैया कारोबार गरेको लेखा प्रतिवेदन लेखा संयोजक केश कुमारी वलीले बताउनुभयो ।यस्तै भवन निर्माण समितिका संयोजक विष्णु कुमारी सिंह ठकुरीले ८३ लाख ८० हजार ५ सय ३५ रुपैयामा दुई तले भवन निर्माण भएको बताउनुभयो ।
भवन निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै भवनमा लागेका सिमेन्ट, सरिया, बालुवा, गिट्टी, झ्याल, फलाम लगायत अन्य सामाग्रीहरुको परिमाण र मुल्यको सम्पूर्ण विवरण प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको आफ्नै भवन बनाउन सबैको महत्वपूर्ण भूमिका खेल्नुभएकोमा शेयर सदस्यहरुलाई संयोजक ठकुरीले बधाई व्यक्त गर्नु भएको छ ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले सहकारीहरु प्रादर्शिकता र प्रभावकारी बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै बार्षिकोउत्सवका प्रमुख अतिथि तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठक नयाँ भवनको उद्घाटन समेत गर्नुभएको थियो ।
उद्घाटन गर्दै महिलाहरुले सञ्चालन गरेको सहकारीको निकै प्रशंसनिय योग्य काम गरेको भन्दै आफ्नो संघको तर्फबाट फिर्निचर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाठकका अनुसार शेयर सदस्यहरुले सहकारीको शेयर सदस्य बन्नु अघि धेरै विषयहरु जानकार हुन आवश्यक हुन्छ । सहकारीले कुन कुन क्षेत्रमा काम गरिरहेको छ ? कसरी काम गरिरहेको छ ? सञ्चालक र समिति कस्तो ? अथवा सामाजिक र आर्थिक रुपमा कसरी काम गरिरहेको छ ? जस्ता यावत विषयहरुलाई गहन अध्ययन गरी सहकारीको शेयर सदस्य बन्नुपर्छ संघका अध्यक्ष पाठकले भन्नुभयो। सहकारीले तरकारी कर्जा, पशु विमा, व्यक्तिगत विमा लागू गर्न अनुरोध गर्नुभएको छ।
साधारण सभामा सम्मानित हुनेलाई प्रमाण पत्र सहित करुवा, भाडाकुडा, पाइप लगायत अन्य दैनिक उपभोग्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।
साधारण सभामा २ दर्जनभन्दा बढि शेयर सदस्य सम्मानित
कोहलपुर साना किसान सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवमा २ दर्जनभन्दा बढि शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले शेयर समूह, समूह बचत, बाल बचत, बाख्रा पालन व्यवसायीक, गाई पालक, उत्कृष्ट व्यवसाय सञ्चालक, उद्योग सञ्चालक, उत्कृष्ट अन्तर समूह, तरकारी खेती, कुखुरा पालक व्यवसायी र फ्रेस हाउस व्यवसायीलाई सम्मान गरिएको थियो ।
सहकारीको व्यवस्थापन समितिमा जानकि पुन अध्यक्ष पुन दोहोरीनु भएको छ भन्य अन्य समितिमा फेरबदल गरिएको छ। पुरानोलाई सम्मानका साथ बिदाई र नयाँ सदस्यलाई सपथ सहित स्वागत गरिएको छ।
Discussion about this post