बाँके माघ ६ गते ।
जनता समाजबादी पार्टी लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले पदबाट राजिनामा दिएका छन् । पार्टीका केन्द्रीय समितिको जिम्मेवारी समेत निर्वाह गरेका उनले पार्टीको नेतृत्वप्रति असन्तुष्टि पोख्दै राजिनामा दिएका हुन् ।
पार्टी नेतृत्व विधि र बिधान भन्दा बाहिर गएर काम गरेको भन्दै उनले राजिनामा दिएको बताएका छन् । पार्टी नेतृत्व केन्द्रबाट वडा समेत चलाउन थालेको उनको अरोप छ ।
उनले भने–’पार्टी भित्र जहिले नि पार्टी बिधि र बिधानमा रही काम गर्नु पर्दछ तर पार्टी कहिल्यै बिधि र बिधानमा चल्न सकेन, पार्टी नेतृत्वले सिधै केन्द्र बाट वडा समेत चलाउने प्रबृत्तिले पार्टी प्रदेश समितिको अध्यक्ष रहि काम गर्नु भनेको आफ्नो गरिमा घटाउनु नै हो तसर्थ पदमा बसिरहन उपयुक्त नरहेकोले प्रदेश समितिको अध्यक्ष पदबाट राजिनामा दिएको हुँ ।’ उनले पदबाट राजिनामा दिए पनि पार्टी भने छाडेका छैनन् ।
Discussion about this post