बाँके माघ १३ गते ।
नेपालगन्जबाट हुने हवाई उडान प्रभावित भएको छ । अत्यधिक हुस्सुले भिजिविलिटी नभएपछि नेपालगन्जबाट हुने कुनै पनि उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले बताए ।
उनले नेपालगन्जबाट हुने उडान र बाहिरको जहाज अवतरण पनि नभएको बताए । ‘बाक्लो हुस्सु र कुहिलोले हवाई उडानका लागि आवश्यक पर्ने भिजिविलिटी नभएका कारण नेपालगन्जबाट हुने कुनै पनि उडान र अवतरण शनिवार हुन सकेन,’ उनले भने ।
शनिवार नेपालगन्ज विमानस्थल आसपासको भिजिविलिटी अतिकतम आठ सय मिटर र न्यूनतम तीन सय मिटर रहेको थियो ।
उपकरण उडान विधिका लागि कम्तिमा १६ सय मिटर भिजिविलिटी आवश्यक पर्ने नेपालगन्ज विमानस्थलका प्रमुख खनालले बताए । ‘शनिवार भिजिविलिटी एक हजार मिटरभन्दा बढ्न सकेन ।
आवश्यक भिजिविलिटी नभएपछि हवाई उडान र अवतरण हुन सकेन,’ उनले भने ।
Discussion about this post