बाँके माघ १४ गते ।
डुडुवा गाउँपालिका २ वेतहनीका सर्वसाधारणले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग गरेका छन् । वेतहनी स्वास्थ्य चौकीबाट पाइने सेवालाई अझ प्रभावकारी बनाउन माग गर्दै स्थानीयले सरकारले तोकेका औषधि सर्वसुलभ रुपमा वितरण गर्न पनि माग गरेका छन् ।
बेतहनी स्वास्थ्य चौकीका लागि जग्गादाता शिवकुमार चौधरीले स्वास्थ्य चौकीले विरामीको अवस्था हेरेर औषधि प्रदान गरे पनि अझ प्रभावकारी र सर्वसुलभ बनाउन पालिकासँग माग गरे । ‘सरकारले प्रदान गर्ने औषधि नपाएको गुनासो जनताको छ । सरकारले निशुल्क दिने भनेको औषधि किन दिइदैन,’ उनले भने, ‘स्वास्थ्य चौकीमा सवै औषधिको ब्यवस्था हुनु पर्छ । तर, यहाँ नभएको गुनासो छ ।’
उनले जग्गादाताको शालिक संरक्षणमा समेत पालिकाले बेवास्ता गरेको बताए । ‘हामीले बुवाको नामको जमिन स्वास्थ्य चौकीलाई दियौँ । पालिकाले बुवा र आमाको शालिक निर्माण गर्यो, तर संरक्षण गर्न तर्फ चासो दिएको छैन,’ चौधरीले भने ।
Discussion about this post