काठमाडौं माघ १५ गते ।
सरकारले ठेक्का लिने तर समयमा काम नगरेर लापर्वाही गर्ने २२ ठेकेदार कम्पनीलाई कार्वाही गरेको छ । अनपेक्षित रुपमा कम मुल्य राखेर ठेक्का हात पार्ने तर पहिलो किस्ता लिएपछि विभिन्न बहाना बनाएर काम नगर्न ठेकेदारहरुलाइ कालो सुचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइने छैन ।
Discussion about this post