सरला सुवेदी
बाँके माघ २६ गते ।
भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कोहलपुरमा यातायात कार्यालय स्थापना हुनुपर्ने बताउनु भएको छ। यातायात कार्यालय लुम्बिनी प्रदेश सरकारको मातहतमा हुने भएकोले केन्द्र सरकारले यस बारे कुनै निर्णय लिन नसक्ने भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले नै पहल गर्नुपर्ने बताउनुभयो ।
‘कोहलपुर—२ तेह्र विगाहमा लाईसेन्सको ट्रायल सेन्टर पनि छ,’ उहाँले भन्नु भयो ‘कार्यालय नै कोहलपुरमा स्थापना भयो भने थप प्रभावकारी सेवा प्रदान हुनेछ ।’ कोहलपुर तीन प्रदेशको केन्द्रविन्दु रहेकोले भौगोलिक दृष्टिकोणले पनि उपयुक्त र राजमार्गसँग जोडिएकोले यातायात कार्यालय कोहलपुर हुनुपर्ने उहाँको भनाई थियो । यथासिघ्र कार्यालय स्थानान्तरणको प्रक्रिया अगाडी बढाउन मन्त्री ज्वालाले प्रदेश सरकारलाई आग्रह समेत गर्नुभएको छ।
Discussion about this post