काठमाडौं फागुन १ गते ।
देशभर आज आंशिकदेखि साधारणतया बदली रहनेछ । केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । “आज गण्डकी, कर्णाली र कोसी प्रदेशका केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ । हल्का वा ठूलो वर्षा गराउने प्रणाली विकास भइसकेको छैन,” मौसमविद् रोजन लामिछानेले भने ।
उनका अनुसार आज काठमाडौंमा वर्षाको सम्भावना छैन । काठमाडौंमा मौसम बदली मात्रै हुनेछ । “अरु प्रदेशका पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना रहे पनि वाग्मती र काठमाडौंमा यो सम्भावना छैन,” उनले स्पष्ट पारे ।
Discussion about this post