बाँके फागुन ५ गते ।
जनकपुर उडानले छोटो समयमै सार्थकता पाएको छ । यद्यपि, व्यवसायिक भन्दा परीक्षणका रूपमा हाल दुई वटा उडान हुन लागेको हो ।
भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएकै अवसरमा नाट्टा बाँकेले नेपालगन्ज–जनकपुर–अयोध्या जोड्न सकिने सम्भावना उजागर गर्दै त्यसका लागि पहल थालेको थियो । नाट्टाको पहलले छोटो समयमै सार्थकता पाउँदै आज नेपालगन्ज–जनकपुर उडान हुने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले आज दिउँसो नेपालगन्जबाट जनकपुरका लागि उडान हुने जानकारी दिएका छन् ।
शनिबार र सोमबार चार्टर उडान सुनिश्चित भएको हो । उनले भारतीय नागरिक नेपालगन्ज आएर यहाँबाट जनकपुर पुग्दै त्यहाँ स्थित धार्मिक स्थल पुग्ने सम्भावना अन्तर्गत जनकपुर उडानको प्रयास भएको बताए ।अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रूपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिएका छन् ।
उनका अनुसार विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
Discussion about this post