बर्दिया फागुन ६ गते ।
बर्दिया बारबर्दिया नगरपालिकाका तीन वटा वडालाई बालविवाह मुक्त वडा घोषणाको तयारी सुरु भएको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५ र ७ लाई चालु अर्थिक बर्षमा नै बाल विवाह मुक्त वडा घोषणा गर्ने योजना रहेकोले बाल विवाह अन्त्यका लागि सबै सरोकारवालाहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बिषयमा छलफल गरिएको छ ।
वडा स्तरीय बाल अधिकार संरक्षण समितिसंग आपतकालीन अवस्थामा बाल संरक्षण शिक्षा, प्रजनन् स्वास्थ्य अधिकार, यौनिक तथा लैंगिक हिंसाका मामिला व्यवस्थापन सम्बन्धी अभिमूखिकरण गरिएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरुको काम, कर्तब्य र अधिकार, बालबालिका दुव्र्यवहारको जोखिममा पर्न सक्ने वा परेकाहरुलाई बाल अधिकार समितिले गर्नु पर्ने सिफारिशको बारेमा जानकारी सहितको अभिमुखीकरण गरिएको हो ।
बारबर्दिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख उषा पुनले सहभागिहरुलाई अभिमूखिकरण गर्दै जोखिममा परेका बालबालिकाहरुको उद्धार, सिफारिश बाल अधिकार समितिले गर्ने बताइन् ।
Discussion about this post