बाँके फागुन १३ गते ।
बाँके र बर्दियाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै बर्दिया, गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।
Discussion about this post