बाँके फागुन १३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्न कडाइ गरेपछि वडा नं.५ ले आफ्ना वडाबासीले जथाभावी फोहोर नफाल्न आग्रह गरेको छ । वडा कार्यालयले आज एउटा सूचना जारी गरेर सडकमा जथाभावी फोहोर नफाल्न वडाबासीलाई आग्रह गरेको हो ।
वडाले फोहोर व्यवस्थापनका लागि वडा कार्यालयबाट वितरण गरिएको डस्टविन समेत प्रयोगमा नआएको पाइएको भन्दै त्यसतर्फ पनि सचेत गराएको छ । सडकमा जथाभावी फोहोर फाले ५ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना हुने भएकाले उपमहानगरपालिकाबाट फोहोर संकलनका लागि आउने टेक्टरमा मात्रै फोहोर फाल्न आग्रह गरेको छ ।
वडा अध्यक्ष शराफत हुसेन शेषद्धारा जारी विज्ञप्तीमा आफ्नो घर वरपर सफागरी टोल तथा वडालाई स्वच्छ राख्न पनि आग्रह गरिएको छ ।
Discussion about this post