बाँके फागुन १५ गते ।
राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेशको संगठन विभाग प्रमुखमा रविशंकर वर्मा मनोनीत भएका छन् । संगठन प्रमुख सुवास क्षेत्री रोजगारीको शिलशिलामा नेपाल बाहिर गएपछि रिक्त बनेको उक्त पदमा नेपालगन्ज निवासी वर्मालाई मनोनीत गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ निवासी वर्मा युवामाझ लोकप्रिय छन् । त्यसैगरी उपप्रमुखमा चन्द्र प्रसाद पन्थलाई मनोनीत गरिएको राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेशले जनाएको छ । संगठन विभाग प्रमुखमा मनोनीत भएपछि वर्माले संगठनको हितमा काम गरिने प्रतिवद्धता जनाएका छन् ।
उनले पार्टीको संगठन सुदृढिकरणका लागि काम गरिने बताए । युवाहरुलाई संगठित गर्दै सम्वृद्ध र नवीन नेपाल निर्माणमा आफुले पहल गरिने पनि उनको भनाई छ ।
Discussion about this post