रामेछाप कार्तिक ९ गते । नेकपाकी नेतृ तथा दोस्रोे संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । केही वर्ष अघि ब्रेन ट्युमर भएर सल्यिक्रिया गरिएको भए पनि उहाँलाई निको नहुँदा शनिबार विहान पौने तीन बजे भक्तपूरको लोकन्थली स्थित आफ्नै निवासमा निधन भएको हो । २०२५ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्कमा जन्मिनु भएकी घिमिरे सुवेदीले सानै उमेर देखि राजनीति मार्फत समाज सेवाको बाटो रोज्नु भएको थियो ।
उहाँको पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । सुवेदीको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर श्रृद्धाञ्जली दिने कार्यक्रम रहेको पनि जनाईएको छ । निजको एक छोरा, एक छोरी र श्रीमान हुनुहुन्छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post