बाँके फगुन १७ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले पूर्वाधार विकासमा तीब्रता दिएको छ । वडा नं.१८ का वडा अध्यक्ष दिपक कुमार वर्माले आफ्नो वडाका सबै टोल वस्तीमा सडक पुर्याउने उद्देश्यका साथ पूर्वाधार विकासमा तीब्रता दिएका हुन् ।
उनले पछिल्लो पटक एसके पेट्रोल पम्प पछाडी टोलको सडक, भाटभटेनीदेखि पश्चिम भुजइगाउँ रोड तथा ट्राभल भिलेज भित्रको आरसीसी नाला सहितको सडक निर्माणलाई तीब्रता दिएका छन् ।
एसके पेट्रोल पम्प पछाडी टोलको सडक १२ लाख, भाटभटेनीदेखि पश्चिम भुजइगाउँ रोडको लागि १५ लाख र ट्राभल भिलेज भित्रको आरसीसी नाला सहितको सडक निर्माणका लागि १० लाख वजेट विनियोजन गरेका छन् ।
Discussion about this post