बाँके फागुन २१ गते ।
प्रहरीले नेपालगन्जबाट अवैध भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं.२ पानी ट्याङ्की नजिकैबाट भन्सार छलि ल्याइएको प्लाष्टिक जन्य सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याईएका साबुन केस, ब्रस केस, कचौरा, बाँटा, चाल्नासहितका प्लाष्टिक जन्य सामानहरु बरामद गरेको हो ।
करिव ६० हजार ७५० रुपैयाँ बराबरका ती सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि वडा प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post