बाँके फागुन २२ गते ।
नेपालगन्जको कारकाँदोमा भयानक दुर्घटना भएको छ । नयाँ बर्षमा स्कार्पियोले ठक्कर दिँदा घटना स्थलै दुईजनाको निधन भएकै ठाउँ डोके कटेज अगाडि सोमबार राती दुर्घटना भएको हो ।
दिल्लिबाट अर्घाखाँची जान लागेको बसले भारतिय नम्वर प्लेट भएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बाँके प्रहरी प्रमुख सुवास बोहराका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते थिए । उनको उपचारका क्रममा मृत्यु भएको छ ।
उनी भारतीय नागरिक भएको बुझाीएको छ । प्रहरी प्रमुख बोहराले उक्त स्थानमा पटक पटक दुर्घटना हुनुले उक्त ठाउँलाई ब्ल्याक स्पट घोषणा गर्नु पर्ने देखिएको बताए ।
Discussion about this post